ठगी मुद्धामा फरार रहेका लेकसाइडका मिलन प्रकाउ
पाेखरा | पुस १९, २०८०
पोखरा: फेवातालस्थित फुटट्र्याकमा फोटोग्राफी काम गर्नेसँग रकम उठाई ठगी गरेको प्रकरणमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ६ बैदाम बस्ने वर्ष ४० का मिलन पहारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।
विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने जाहेरीका आधारमा पहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनलाई मंगलबार पक्राउ गरि बुधबार अदालत पेस गरिएकोमा बयान नसकिएपछि हिरासतमै राखिएको प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
यसअघि यसै प्रकरणमा पक्राउ परेका वडा सदस्यसहित चार जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

